FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको ६ नं. प्रदेश कर्णालीको १० जिल्लामध्ये तुलनात्मक रुपमा दर्गम हिमाली जिल्लाको रुपमा रहेको डोल्पा जिल्ला समून्द्र सतहवाट न्यूनतम १५२५ देखि अधिकतम ७७५४ मिटरको उचाईसम्म फैलिएर रहेको छ । नेपाल राज्यको सुदुर पश्चिम भागमा अवस्थित डोल्पा जिल्लाका पुरातात्विक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको प्रमुख दर्शनिय स्थलहरुमा त्रिपुरा शुन्दरीको मन्दिर, छल मष्टा, गल्ली देउता, शे–गुम्बा, शे–फोक्सुण्डो ताल, शुलीगाडको झरना, तातोपानी मुहान, यार्सागुम्वा आदि हुन् । प्रशस्त सम्भावनाहरु हुँदाहुँदै पनि ठुला–ठुला उद्योगधन्दा, कलकारखाना स्थापना भइनसकेको र पर्यटन क्षेत्रको विस्तार पनि हुन नसकेको हुँदा अन्य छिमेकी जिल्लाहरुको जस्तै यस जिल्लाको पनि जिविकोपार्जन मुख्य आर्थिक आधार कृषि नै रहन गएको छ । 

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार नेपालको कर्णाली प्रदेशमा अवस्थित हिमाली जिल्ला मकवानपुर एक हो । भौगोलिक विविधता हिमाल, पहाड, पाखा, पखेरा,  खोल्सा, खोल्सी, खोंच र बेंसि तथा अन्य प्रकृति सम्पदाहरुले भरिएको यस जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छार्का ताङसोङ्ग गा.पा., छार्का र मुकोट गाविसलार्ई समायोजन गरी छार्का ताङसोङ्ग गाउँपालिका गठन गरिएको हो ।

२०७३ सालमा गठित स्थानीय निकाय पूनंःसंरचना आयोगले गरेको सिफारिस बमोजिम डोल्पा   जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजित भएको छ । ६ वटा गाउँपालिका मध्ये छार्का ताङसोङ्ग गाउँपालिका पर्यटन, यातायातका दृष्टिले दुर्गम, जातजातिको हिसावले केहि बढि गुरुङ जातीको बाहुल्यता तथा अन्य सबै भोटे जातीको बसोबास रहेको दखिन्छ । 
कुल क्षेत्रफल ३४५.५८ वर्ग कि.मि. रहेको यस छार्का ताङसोङ्ग गाउँपालिका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले एक प्रमुख पर्यटकिय गन्तब्य गाउँ हो । पर्यटकिय गन्तब्यहरुको विविधकरण गर्दै नयाँ पर्यटकिय स्थल र उपजहरुको पहिचान विकास तथा पर्यटकिय पुर्वाधारहरुको विकास गरी पर्यटक उद्योगलाई एक प्रमुख आधारको रुपमा विकास गर्न जरुरी छ । 
वडा विभाजन
नयाँ वडा नं.    समावेस भएका साविकका गाविसहरु    कैफियत
        १                       छार्का (१–५)    
        २                       छार्का (६–७)    
        ३                       छार्का (८–९)    
        ४                       मुकोट (१–३)    
        ५                      मुकोट (४,५,७)    
        ६                      मुकोट (६,८,९)    
   श्रोतः–स्थानीय तहको सीमा निर्धारण आयोगको प्रतिवेदन र नेपाल राजपत्र,२०७३
गाउँपालिकाको जम्मा घरधुरी तथा जम्मा जनसंख्याको विवरण
जम्मा घरधुरी   २८२        

जम्मा जनसंख्या  १४५१             

 पुरुष         ६८४      

 महिला        ७६७
श्रोतः–राष्ट्रिय जनगणना २०६८ 

जम्मा घरधुरी   ३१९ 

जम्मा जनसंख्या  १६२१

 पुरुष             ७९१ 

 महिला          ८३०
 श्रोतः–स्थलगत सर्वेक्षण २०७५

भौगोलिक अवस्थितिः

प्रदेश     संघीय गणतन्त्र नेपालको ६ नं. कर्णाली प्रदेश
नाम     छार्का ताङसोङ्ग गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, कागकोठट , डोल्पा
जिल्ला    डोल्पा
वडा संख्या  
फैलावट    

अक्षांश ः– २९.०७ डिग्री उत्तरी अक्षांश देखि २९.१२ डिग्री उत्तरी अक्षांसम्मको विचमा रहेको

देशान्तर ः– ८३.४५ डिग्री पूर्वी देशान्तर देखि ८३.५० डिग्री पूर्वी देशान्तरको विचमा रहेको

पूर्वमा   मुस्ताङ जिल्ला
पश्चिममा     बुद्धडोल्पो गा.पा. र काइके गा.पा.
उत्तरमा     बुद्धडोल्पो गा.पा. र चिन देश
दक्षिणमा    म्याग्दी जिल्ला
उचाई     समुन्द्र सतहवाट करीव १५२५ मि. देखि ७७५४ मि. सम्म रहेको छ ।
जम्मा क्षेत्रफल   ३४५.५८ वर्ग कि.मी.
हावापानी    ठण्डा शितोष्ण, चिसो शितोष्ण र न्यानो आद्र शितोष्ण
वार्षिक औषत वर्षा     ११२० मि.मि.
अधिकतम तापक्रम  २०.३  डिग्री सेन्टिग्रेड
न्युनतम तापक्रम     –१०  डिग्री सेन्टिग्रेड भन्दा कम समेत